काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार गर्नेहरुले नै रास्वपा र आफ्नो आलोचना गर्ने गरेको दाबी गर्नुभएको छ ।
शनिबार तनहुँको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूहरुमाथि आलोचना गर्नेहरूको इतिहास र काम हेर्दा त्यस्ता मानिसहरु भ्रष्टाचारको आरोपमा जेल कोच्नुपर्ने खालका हुने जिकिर गर्नुभयो ।
रास्वपाको सरकार बन्यो भने भ्रष्टाचारमा जेल कोच्न भनेर सूची बनाइरहेका मानिसहरुले नै आफूहलाई प्रश्न सोध्ने गरेको उहाँको भनाइ थियो । सभापति लामिछानेले त्यस्ता व्यक्तिहरूलाई आफूले जवाफ नदिने बताउनुभयो ।
प्रधानमन्त्रीको कार्यकालको भाग लगाइएको भन्दै उहाँले आफूलाई मात्र १ सय दिनको समय दिए देशको इतिहासले आजसम्म नगरेको परिवर्तनको शंखघोष गर्न नसके राजनीतिबाट सन्यास लिने उल्लेख गर्नुभयो ।
तनहुँ क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले यस क्षेत्रले गर्व गर्न लायकको काम गरेर देखाउने प्रतबद्धता जानाउनुभयो ।
विदेशमा आर्जन गरेको ज्ञान मुलुकको लागि खर्च गर्न चाहेको वाग्लेको भनाइ ।