व्यक्तिगत चाहना त्यागेर देशको आवश्यक्ताअनुसार काम गर्न जरुरीः सभामुख घिमिरे | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

व्यक्तिगत चाहना त्यागेर देशको आवश्यक्ताअनुसार काम गर्न जरुरीः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा लायन्स क्लवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशले राजनीतिमा ठूलो परिवर्तन गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब समाजलाई आर्थिक र सामाजिक विकास गर्नुपर्ने दायित्व पूरा गर्न आवश्यक भएको बताउनु भयो ।

उहाँले अहिले समाजले प्रणाली र प्रणालीलाई नेतृत्व गरिरहेका नेताहरु कुर्सीको लागि होडबाजी गरिरहेको प्रश्न उठाइरहेका बेला लायन्स क्लवले गरेका कामहरुबाट सिक्दै अघि बढ्न आवश्यक रहेको बताउनु भयो । सभामुख घिमिरेले आफ्नो व्यक्तिगत चाहनालाई त्यागरे देशको आवश्यक्तालाई मध्यनजर गरी अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

सभामुख घिमिरेले लायन्स क्लवले शिक्षा, स्वास्थ्य, प्राकृतिक सौन्दर्यता खोज्ने कुरामा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);