भारतमा कोरोना बढ्दै, स्वास्थ्यमन्त्रालयले बोलायो बैठक | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८१, शनिबार

भारतमा कोरोना बढ्दै, स्वास्थ्यमन्त्रालयले बोलायो बैठक

नयाँ दिल्ली,२४ चैत्र । भारतमा कोरोनाको गति अनियन्त्रित देखिएको छ । पछिल्लो चार दिनमा कोरोनाका नयाँ संक्रमितको संख्या शतप्रतिशत बढेको छ । नयाँ कोरोना संक्रमितको संख्या ६ हजार नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५० जनामा कोरोना संक्रमण देखिएको छ । हिजो अर्थात बिहीबार नयाँ संक्रमितको संख्या ५ हजार ३ सय ३५ थियो ।

प्रतिवेदनका अनुसार अप्रिल ७ मा अघिल्लो २०३ दिनको तुलनामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यसअघि गत वर्ष सेप्टेम्बर १६ मा कुल ६ हजार २९८ जनामा कोरोना संक्रमण देखिएको थियो । भारतमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या २८ हजार ३०३ पुगेको छ । बिहीबार देशभर २५ हजार ५८७ सक्रिय बिरामी रहेका छन् । सक्रिय केसहरू हाल कुल केसहरूको ०.०६ प्रतिशत छन्।

देशमा पछिल्लो चार दिनमा झण्डै शतप्रतिशत कोरोना संक्रमितको संख्या बढेको छ । अप्रिल ४ मा, नयाँ बिरामीहरूको संख्या ३,०३८ थियो । अप्रिल छ मा, नयाँ केसहरूको संख्या बढेर ४,४३५ पुगेको छ । भोलिपल्ट ६ अप्रिलमा ५ हजार ३ सय ३५ कोरोनाका केस आएका थिए भने आज ६ हजार ५० नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५ लाख ३० हजार ९४३ पुगेको छ । महाराष्ट्रमा तीन, कर्नाटक र राजस्थानमा दुई–दुई, दिल्ली, गुजरात, हरियाणा, हिमाचल प्रदेश, जम्मू–कश्मीर र पञ्जाबमा एक–एक जनाको मृत्यु भएको छ ।

कोरोनाको बढ्दो केसलाई ध्यानमा राख्दै केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मण्डवियाले आज दिउँसो सबै राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्यमन्त्रीहरूसँग बैठक बोलाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि सबै राज्यहरूसँग कोरोनाबारे समीक्षा बैठक पनि गरिसकेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);