मोहन वैद्यको पार्टी र नेकपा बहुमतबीच आज एकता हुँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

मोहन वैद्यको पार्टी र नेकपा बहुमतबीच आज एकता हुँदै

काठमाडौं, २४ चैत्र । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) पार्टी बीच आज एकता हुने भएको छ । दुई पार्टीको आज दिउँसो १२ बजे इच्छुक प्रतिष्ठान घट्टेकुलोमा पत्रकार सम्मेलन गरेर पार्टी एकता घोषणा गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबार बसेको क्रान्तिकारी माओवादी र नेकपा बहुमतको संयुक्त बैठकले पार्टी एकता गर्ने निर्णय गर्दै एकता संयोजन समितिसमेत गठन गरेको छ ।

बैठकपछि क्रान्तिकारी माओवादीका तर्फबाट वैद्य र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर पार्टी एकता गर्ने निर्णयसहित संयोजन समिति गठन गरेको जानकारी दिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);