काठमाडौं, २४ चैत । पाँचथरमा भीरबाट लडेर एक पुरुषको निधन भएको छ । मिक्लाजुङ गाउँपालिका–२ मा भिरबाट लडेर ४७ वर्षीय डिल्लीराम निरौलाको निधन भएको हो ।
चैत २१ गते घरबाट निस्कनु भएका निरौला फर्केर नआए पछि खोजी गर्ने क्रममा स्थानीयले दुई दिनपछि बिहीबार मिक्लाजुङ २ को कमेरे भीर नजिकै मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
मिक्लाजुङ–६ तिन तले स्थायी ठेगाना भएका निरौला वडा नम्बर १ मावि टोल नजिकै पसल गरेर बस्दै आएका निरौलाको शव कमेरे भीरको बाटोदेखि २ सय मिटर तल फेला परेको हो ।
निरौलाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र रबी पठाएको छ ।