भट्टराईलाई जिताउँन भण्डारीको संयोजकत्वमा हाइकमाण्ड समिति गठन | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

भट्टराईलाई जिताउँन भण्डारीको संयोजकत्वमा हाइकमाण्ड समिति गठन

काठमाडौं, २४ चैत्र । आगामी बैशाख १० गते तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा निर्वाचन परिचालन हाइकमाण्ड समिति गठन भएको छ । बिहीबार बसेको सत्तागठबन्धनमा आबद्ध तनहुँका राजनीतिक दलहरूको संयुक्त बैठकले भण्डारीलाई उपचुनाव परिचालन समितिको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो ।

समिति सदस्यहरूमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू प्रदीप पौडेल , ध्रुव वाग्ले, माओवादी केन्द्रका कोषाध्यक्ष श्रीराम ढकाल, माओवादी केन्द्रीय सदस्यहरु सुरेश आले मगर, हरिबहादुर चुमन, आशा कोइराला, नेकपा एस पोलिटव्युरो सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्यहरू कृष्णकुमार श्रेष्ठ, कलिला खान, नेता विद्या ढकाल, शंकर पोखरेल, जसपा केन्द्रीय कार्यकारी सदस्य शिवलाल थापा, केन्द्रीय सदस्य शर्मिला थापा आचार्य, पासाङ थापा, अर्जुन लम्साल रहेका छन् ।

त्यस्तै, कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेको संयोजकत्वमा जिल्लास्तरीय अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ । समितिको सदस्यहरुमा गठबन्धन दलको प्रतिनिधि सदस्यहरु रहेका छन् । यसैगरी, कांग्रेसका क्षेत्रीय सभापति श्यामकुमार मौरतीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ भने पालिकास्तरमा पनि कांग्रेसका सभापतिको संयोजकत्वमा गठबन्धन दलका प्रतिनिधि सम्मिलित टीम बनाइएको छ । सत्तागठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोबिन्द भट्टराई तनहुँ–१ मा उम्मेदवार छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);