नियम विपरित काम गरेका सहकारीलाई तत्काल नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

नियम विपरित काम गरेका सहकारीलाई तत्काल नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नियम विपरित काम गरेका सहकारीलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित नियामक निकायहरुलाई निर्देशन दिनुभएको छ ।

बिहीवार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको राष्ट्रिय सहकारी महासम्मेलनलाई सम्बोधन गर्र्दै प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिनुभएको हो । उहाँले सहकारी प्रतिको नागरिकमा विश्वास टुट्न नदिनु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले ऐन कानून र सहकारी सिद्धान्त मूल्य,मान्यता अनुसार सञ्चालन गर्दा समस्यामा परेका सहकारीको समस्या समाधानमा सरकारले आवश्यक सहजिकरण गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले ऐन कानून विपरित सञ्चालन गरी काम गर्ने र सहकारी क्षेत्रमा देखिएको वित्तीय अराजतालाई नियमन र नियन्त्रण गर्न नियामक निकायहरुलाई निर्देशन दिनुभयो । उहाँले आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गरी उत्पादन संरक्षण र प्रवद्र्धन गर्ने सन्दर्भमा सहकारी अभियानसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो । उहाँले राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्वपूर्ण भुमिका खेल्दै आएपनि पछिल्लो समय सहकारीको काम कारवाहीमा केही प्रश्न उठिरहेका बताउँदै अब सहकारीले स्वनियमन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले मुलुकको अर्थतन्त्रको एउटा खम्बाको रुपमा रहेको सहकारी अभियानलाई शसक्त रुपमा स्थापित गराउन सरकार आवश्यक पहल गर्न तयार रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले सहकारीले अपेक्षाअनरुप प्रमुख प्राथमिकताका क्षेत्र परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विद्यमान सहकारीहरु क्रमशःउत्पादन सहकारी र श्रम सहकारीमा रुपान्तरण गरिनु आवश्यक रहेको बताउनु भयो । उहाँले सहकारी प्रतिको आशा र भरोसाको सुरक्षा गर्नुपर्ने दायित्व सबैको भएको बताउनु भयो ।

उहाँले सहकारी संस्थाहरुप्रति उठेका सवालहरुको विषयमा गहन छलफल गरेर निस्कर्ष निकाल्न आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी अभियान्ताहरुको बाक्लो जमघटले नेपालको सहकारी अभियानलाई आगामी दिनमा कसरी लैजाने भन्ने विषयमा मार्ग चित्र बनाउन सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);