उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

काठमाडौं, २३ चैत्र । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ ।

बुधबार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो । उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ तथा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ का लागि रु २९ लाख र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ का लागि रु ३१ लाख खर्च गर्न पउने गरी सीमा निर्धारण गरेको आयोगले जनाएको छ ।

आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिमार्फत निर्वाचन परिणाम घोषणा भएको मितिले पैँतीस दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नसमेत आयोगले निर्देशन दिएको छ ।

 

Leave a Reply