कृतिम खुट्टाको सहारामा सगरमाथा चड्ने साहस | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

कृतिम खुट्टाको सहारामा सगरमाथा चड्ने साहस

काठमाडौं । सगरमाथा चड्ने रहर कसलाई पो लाग्दैन् र ? तर, विश्वकै अग्लो चुचुरो सगरमाथा चड्न सानो शाहसले पुग्दैन् । अझँ दुबै खुट्टा गुमाएको व्यक्तिले सगरमाथा चड्ने हिम्मत गर्न सक्ला ? यो कुरा सामान्य मान्छेको लागि समेत कल्पना भन्दा बाहिरको कुरा हो । तर, यही हिम्मत गर्नुभएको छ । हरि बुढा मगरले ।

उहाँ हुनुहुन्छ पूर्व गोरखा सैनिक हरि बुढा मगर । रोल्पा जिल्लाको मिरूल गाउँमा सन् १९७९ मा जन्मिनुभएका बुढा मगर गोर्खा सैनीकमा भर्ति भएर सन् २०१० मा अफगानिस्तानको लडाईंमा होमिनिनु भयो । सोहि लडाईमा उहाँले दुवै खुट्टा गुमाउँनु भयो । तर, उहाँको आत्मविश्वास र साहस भने कहिलै गुमेन । बरु जिवनलाई अझै सशक्त रुपमा अगाडी बढाईरहनुभयो । घुँडाभन्दा तल दुवै खुट्टा गुमाएका उहाँले कृतिम खुट्टाका जोड्नुभएको छ ।

कृतिम खुट्टाकै सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुनुहुन्छ । उहाँ कृतिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ’स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत हुनुहुन्छ । बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गर्नुभएको छ । उहाँले २०१७ मा मेरा चुचुरो आरोहण गर्नुभएको थियो र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बन्नुभयो । यसअघि पनि उहाँ सगरमाथाको आधारशिविरसम्म पुगिसक्नुभएको छ ।

उहाँले आफ्नो काममा अहिले १६ जना नेपालीहरुलाई रोजगारीको अवसर दिएकोमा गर्व लागेको बताउनु भयो । पूर्व गोरखा सैनिक हरि बुढा मगरले पर्यटन प्रवद्र्धनका लागि सरकारसँग जोडिन पाए धेरै भन्दा धेरै विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने दाबी गर्नुहुन्छ । उहाँले आफूसँग धेरै विदेशीहरु जोडिएकाले उनीहरुलाई नेपालमा ल्याउनका लागि सरकारसँग जोडिनसके सहज हुने बताउनुभएको हो । शारीरिक अशक्त रहनुभएका उहाँ बुधवार काठमाडौंबाट सगरमाथा आरोहणका लागि सगरमाथा क्याम्पतिर प्रस्थान गर्नुहुनेछ । उहाँले सगरमाथा आरोहण आफैँमा चुनौतिको विषय भएको बताउँदै आफूले सफल आरोहाण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सगरमाथा आरोहणका क्रममा सरकारसँग अन्य कुनै अपेक्षा नरहेको तर आफूलाई कुनै व्यवधान सिर्जना नगरिदिन सरकारसँग आग्रह गर्नुहुन्छ ।

सरकारको तर्फबाट फरक क्षमताका आरोहीलाई हिमाल आरोहनमा सहयोग गर्न आवस्यक छ । अझँ अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाएका यस्ता व्यक्तिलाई हिमाल आरोहनमा सहजता दिलाए बाह्य पर्यटकको संख्यामा पनि वृद्धी हुने देखिन्छ ।

Leave a Reply