काठमाडौं, २० चैत्र । चितवन–२ को प्रतिनिधि सभा सदस्यको लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सदस्यमा निर्वाचित भएका रवि लामिछानेले आज सुरुमै पुगेर दोस्रो पटक उम्मेदवारी दर्ता गराएका हुन् ।
रवि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका आज मनोनयन दर्ता गराए । सर्वोच्च अदालतले नागरिकता विवाद मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविको सांसद पद खारेज गरेसँगै आगामी बैशाख १० गते चितवन–२ मा उपनिर्वाचन हुँदैछ ।
लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दै छन् ।