इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीलाई १५ अंकको अग्रता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीलाई १५ अंकको अग्रता

काठमाडौं, १९ पुस ।इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीलाई १५ अंकको अग्रता, वाट्सफोर्ड ३–१ ले पराजित, स्वान्सी सिटीलाई २–० ले हराउँदै टोटनह्याम अंकतालिकाको पाँचौं स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले १५ अंकको अग्रता कायम गरेको छ ।
मंगलबार राति भएको खेलमा लिग लिडर सिटीले वाट्सफोर्डलाई ३–१ ले हराउँदै दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँगको अंक दुरी १५ पु¥याएको हो । सिटीको जितमा स्टर्लिङ, कावासिलि र अग्वेरोले एक एक गोल गरे । वाटेसफोर्डका लागि ग्रेले एक गोल फर्काए । जितसँगै सिटीको ६२ अंक भएको छ भने दोस्रो स्थानको युनाइटेडको ४७ अंक रहेको छ ।

यता, टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको पाँचौँ स्थानमा उक्लिएको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा स्वान्सी सिटीलाई २–० ले हराएर टोटनह्याम पाँचौँ स्थानमा उक्लिएको हो । टोटनह्यामले आर्सनललाई उछिन्दै अंक तालिकाको पाँचौं स्थानमा उक्लन सफल भएको हो । अवे मैदानमा भएको खेलमा टोटनह्यामलाई जिताउन फर्नान्डो लोरेन्ट र डेल अलीले गोल गरे । जितपछि पाँचौँ स्थानमा उक्लिएको टोटनह्यामको २१ खेलबाट ४० अंक भएको छ ।
३८ अंक रहेको आर्सनल छैटौँ स्थानमा झरेको छ । अन्य खेलमा वेष्ट ह्यामले वेष्ट ब्रोम तथा क्रिष्टिल प्यालेसले साउथह्याम्पटनलाई समान २–१ ले हराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);