काठमाडौं, २० चैत्र । आगामी वैशाख ९ गते आयोजना हुने एनसेल बाह्रखरी कर्पोरेट गल्फको च्याम्पियनले सुनको बल प्राप्त गर्ने भएको छ । बाह्रखरी मिडियाले आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता
वैशाख ९ गते हुने प्रतियोगिताको विजेताले सुनको गल्फ बल प्राप्त गर्ने जनाएको हो ।
गोकर्णस्थित गोकर्ण गल्फ क्लवको कोर्समा आयोजना हुने प्रतियोगितामा १ सय १० खेलाडीले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । गोकर्ण गल्फ क्लवका प्रबन्धक दीपक आचार्यले प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा खेलाइने जानकारी दिए । यस्तै होल इन वन गर्ने खेलाडीले हुन्डाईको भेन्यु गाडी पाउनेछन् । यस्तै प्रतियोगितामा सहभागि हुने मध्येका बेष्ट ग्रस, लंगेष्ट डाइभ, क्लोजेस्ट टु द पिन तथा मोस्ट बर्डिजले समेत पुरस्कार पाउनेछन् ।
कार्यक्रममा बोल्दै बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतिक प्रधानले छैटौं वर्षको प्रतियोगिता आयोजना गर्न लागिएको र सामाजिक दायित्व पूरा गर्न प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।