काठमाडौं, १९ चैत्र । नेपाली कांग्रेसले बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीलाई समर्थन गर्ने भएको छ ।
आज बसेको कार्यसम्पादन समितिको बैठकले बैशाख १० गते हुने उपनिर्वाचनको लागि जसपालाई सहयोग गर्ने निर्णय गरेको हो ।
गत मंसिरमा सम्पन्न भएको निर्वाचनमा बारा २ मा निर्वाचित रामसहाय यादव उपराष्ट्रपति मा निर्वाचित भएपछि रिक्त रहेको स्थानमा आगामी बैशाख १० गते उपनिर्वाचन हुने भएको हो । File Photo