एन्फाको आकस्मिक कार्यसमितिको बैठक असन्तुष्ट पक्षद्वारा बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

असार ३२ २०८१, सोमबार

एन्फाको आकस्मिक कार्यसमितिको बैठक असन्तुष्ट पक्षद्वारा बहिष्कार

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आकस्मिक कार्यसमितिको बैठक असन्तुष्ट पक्षले बहिष्कार गरेका छन् ।

अध्यक्ष पंकज बिक्रम नेम्वाङले शनिबार बिहान आपतकालिन कार्यसमित बैठक आह्वान गरेका थिए । उनले एन्फा कम्प्लेक्स सातदोबाटोमा बैठक बिहान ९ बजेका लागि बोलाएका थिए । तर एन्फाको असन्तुष्ट समूहले आकस्मिक कार्यसमितिको बैठक बहिष्कार गरेको छ । असन्तुष्ट पक्षले बैठकको एजेण्डाको माग गरेको थियो ।

बैठकमा उपाध्यक्षत्रय बिराजजंग शाह, दिर्घबहादुर केसी, दिपक खतिवडा र सदस्यहरु महेन्द्र क्षेत्री, रविन्द्र चन्द, रमेश ब्यन्जनकार, पेमा लामा, मनिष जोशी अनुपस्थित रहे । बैठकमा बहुमत सदस्य अनुपस्थित रहेपछि एन्फाले बिहान १० बजेर ४४ मिनेटमा पुन जुन मिटिङको लिङ्क पठाएको थियो ।

एन्फा उपाध्यक्ष दिर्घबहादुर केसीले नेतृत्वले बैठक छलेर अघि बढ्न खोजेको आरोप लगाएका छन् । एन्फाको यसअघिको कार्यसमिति बैठक समेत असन्तुष्ट समुहले बहिष्कार गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);