काठमाडौं, १६ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले बारा २ बाट नेता राजेन्द्र महतो उम्मेदवार बनाउने भएको छ । महतो गत चुनावमा सर्लाही २ मा पराजित भएका थिए ।
राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका थिए ।
बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी जसपाका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ १० वैशाखमा उपचुनाव हुँदैछ ।
जसपाले बारा २ बाट उपेन्द्र यादवलाई उठाउने तयारी गरिरहेको छ । जनमत पार्टीबाट शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाउने भएको छ ।