पौरखी किसान जसले एक वर्षमै करोड कमाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पौरखी किसान जसले एक वर्षमै करोड कमाए

काठमाडौं । गरे के हुँदैन । इच्छाशक्ति र जाँगर भए सबै सम्भव छ । यही भनाइलाई चरितार्थ गर्नुभएको छ सुनसरीको भोक्राहाका जब्बासा मियाले । भनेजस्तो काम र कमाई नभएपछि खाडी मुलुकबाट फर्किनुभएका जब्बासा यतिबेला भने आफैँ मालिक हुनुहुन्छ ।

इनरुवा ८ मा १३ बिगाहा जमिन भाडामा लिएर एकल लगानीमा काम थाल्नुभएका उहाँ तेस्रो वर्षमा खेती गरिरहनुभएको छ । जसले उहाँलाई करोडपति बनाइसकेको छ । मौसमी खेती गर्दै आउनुभएका उहाँले यतिबेला खेतमा काँक्रो र भान्टा फलाउनुभएको छ । भाडाको जग्गामा केरा खेतीसँगै विभिन्न सागशब्जीको उत्पादन बेच्न उहाँलाई भ्याईनभ्याई छ ।

उहाँले मासिक २० हजारसम्म तलव दिएर २० जना कामदारलाई रोजगारी समेत दिनुभएको छ । आफ्नो खेती र किसानी पेशामा दङ्ग उहाँ उब्जाउलाई बिस्तार गर्ने सोचमा हुनुहुन्छ । विदेशमा भनेजस्तो नभएपछि फर्केर किसानी पेशामा लागेको बताउने जब्बासा वार्षिक १ करोड हाराहारीको आमदानी गर्ने गरेको बताउनुहुन्छ । जसबाट घरखेत जोड्दै गएको उहाँले बताउनु भयो ।

उहाँ भन्नुहुन्छ, ‘अर्काको अनुशासनमा बस्न र दुःख झेल्न किन विदेश जाने ! आफ्नै माटोमा श्रम बगाए यहीँ छ सबकुच । परिवार,पैसा अनि शान्ति, केरा खेतीमा मनग्य आम्दानी छ । तरकारीमा खर्च कटाएर चार भागको तीन भाग आम्दानी गर्न सकिन्छ । कोही कसैले सिक्न चाहे आफूले जानेको सिकाउन सदैव तयार छु ।’

जब्बासाले उत्पादन गरेको तरकारी अधिकांशजसो पूर्वका ठूला बजारमा पुग्ने गर्छ । तरपनि उनी स्थानीय बजारमा भारतीय व्यापारीको रजार्इंका कारण उहाँ खुशी हुनुहुन्न । नेपाली उत्पादनले ठाउँ नै नपाउँदा आफू जस्ता किसान मार्कामा पर्ने गरेको उहाँको दुखेसो छ । उहाँले सरकारसँग साना किसानहरुलाई पिनि हेरिदिओस् भन्ने अपक्षा राख्नुभयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);