इमरान खानको सम्बन्ध विच्छेद ! पत्निले लेखिन् यस्तो स्ट्याटस | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८१, सोमबार

इमरान खानको सम्बन्ध विच्छेद ! पत्निले लेखिन् यस्तो स्ट्याटस

एजेन्सी, ९ चैत्र । पछिल्लो समय कलाकारहरुको लागि वैवाहिक सम्बन्धमा जोडिनु र टुट्नु खासै ठुलो कुरा होइन् ।  बलिउड अभिनेता इमरान खानकी पत्नी अवन्तिका मलिकले मार्च २२ मा सामाजिक सञ्जालमा एक गुप्त पोस्ट साझा गरेकी छिन्, जसले दम्पतीको सम्बन्धविच्छेदको बारेमा अनुमानहरू फैलाएको छ। वास्तवमा, बुधबार बिहान अवंतिकाले एउटा भिडियो सेयर गरिन्, जसमा अमेरिकी गायिका माइली साइरस उनको गीतमा नाच्दै देखिएकी छिन् ।

गीतको भिडियोमा लेखिएको छ– त्यो सम्बन्ध विच्छेद नै उनको लागि सबैभन्दा राम्रो कुरा थियो । यसबारे क्लिप सेयर गर्दै अवन्तिकाले लेखिन– ‘उनीहरूको लागि मात्र होइन ।’ क्याप्सन हेरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले इमरान र अवन्तिकाको सम्बन्धविच्छेद पुष्टि भइसकेको अनुमान गरिरहेका छन् ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने, यो जोडी लामो समयदेखि अलग भएको छ । वैवाहिक जीवनलाई सफल बनाउने प्रयास गर्दा पनि यी दुई एकसाथ फर्कन सकेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);