काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दाछिटो टुंगोमा पु¥याउनुपर्ने बताउनु भएको छ ।
महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पु¥याउनुपर्ने बताउनु भएको हो । मंगलबार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पु¥याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पु¥याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने चेतावनी दिनु भयो ।
महामन्त्री थापाले तत्कालको नाफाघाटा भन्दा बाहिर निस्केर शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगोमा पु¥याउन सबै राजनीतिक दलहरुलाई आग्रह समेत गर्नु भयो । शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पु¥याउने र अन्तराष्ट्रिय मूल्य, मान्यता विपरित जान नहुने उहाँको भनाई थियो । महामन्त्री थापाले राजनीतिक दलहरुलाई यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुंगोमा पु¥याउने कामबाट भाग्ने छुट नभएको पनि पटकपटक दोहो¥याउनु भयो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सूरु भएको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने कामको नेतृत्व नेपाली काँग्रेसले नै लिनुपर्ने पनि उहाँले बताउनु भयो ।
महामन्त्री थापाले तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारले लिएको आर्थिक नीतिकै कारण मुलुक आजसम्म टिकेको दावी समेत गर्नु भयो । उहाँले कोइरालाले लिएको आर्थिक नीतिबाटै मुलुक टिकेपनि उहाँमाथि त्यसको जस नदिएर अन्याय गरेको उहाँको बुझाई थियो । महामन्त्री थापाले नागरिकलाई आशावादी बनाउने गरी काम गर्न सरकारलाई पनि सचेत गराउनु भयो ।
महामन्त्री थापाले गिरिजाप्रसाद कोइराला नेतृत्वको २०४८ सालको सरकारले लिएको आर्थिक नीति र निर्णयहरुकै आधारमा मुलुकको अर्थतन्त्र अहिले पनि चलिरहेको बताउनु भयो ।