करिनाको सिंहसँगको सेल्फी भाइरल | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

करिनाको सिंहसँगको सेल्फी भाइरल

एजेन्सी । बलिउड अभिनेत्री करिना कपुर खान यतिबेला पारिवारिक छुट्टी मनाउन दक्षिण अफ्रिकामा छिन् । यस क्रममा उनी सामाजिक सञ्जालमा लगातार अपडेट शेयर गरिरहेकी छिन् । करिना केही दिनयता आफ्ना छोरा र श्रीमान् सैफ अली खानसँग दक्षिण अफ्रिकामा छुट्टी मनाउन पुगेकी हुन् ।

आजकल करिनाले सामाजिक सञ्जालमा आफ्नो छुट्टिसँग सम्बन्धित अपडेटहरू सेयर गरिरहेकी छिन् । हालै उनले सिंहसँग सेल्फी पनि पोस्ट गरेका छन् । करिना कपुरले इन्स्टाग्राममा आफ्नो सफारीका तस्बिरहरू लगातार सेयर गरिरहेकी छिन्, जसमा उनी रमाइलो गरिरहेको देखिन्छिन् ।

यस क्रममा करिना कपूर छोरा तैमुर अली खानसँग पोज दिँदै देखिएकी थिइन् । आफ्नो इन्स्टा स्टोरीमा, करिनाले सैफ अली खानको क्लिन सेभन फोटो पनि सेयर गरेकी छिन्, जसमा सैफ एकदमै जवान देखिएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);