काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अब पासपोर्ट दुरुपयोगको मद्दा नचल्ने भएको छ ।
आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको बुझीएको छ ।
प्रहरीले बुझाएको प्रतिवेदनमा लामिछानेले झुटो विवरण पेश गरेको पुष्टि नहुने भएकाले उनीमाथि मुद्दा चलाउनु नपर्ने उल्लेख छ ।
प्रहरीले पेश गरेको उक्त प्रतिवेदनमाथि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले गरेको निर्णय उच्च सरकारी वकिलको कार्यालय, पाटन हुँदै महान्यायाधिवक्ता कार्यालय पुगेको थियो ।
लामिछानेमाथि झुटो विवरण पेश गरेर राहदानी लिएको भन्दै अनुसन्धान गर्न प्रहरीमा उजुरी परेको थियो ।




