आफ्नो समय सकिएपछि लिङदेनले सभामुखलाई भने छिमेकी हौं दुई मिनेट थपिदिनुहोस | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

आफ्नो समय सकिएपछि लिङदेनले सभामुखलाई भने छिमेकी हौं दुई मिनेट थपिदिनुहोस

काठमाडौं । संसदमा समयको ख्याल नगर्ने सांसदहरुको नियती नै भइसक्यो । सभामुखले दिएको समयमा आफ्नो सम्बोधन सक्ने सांसद कमै हुन्छन् ।

आजको संसदमा पनि यस्तै नियती दोहोरियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनका लागि संसदमा बोल्न ७ मिनेटको समय दिइएको थियो । समय घर्किएपछि सभामुख देवराज घिमिरेले उहाँलाई अभिव्यक्ति छोट्याउन आग्रह गर्नुभयो । तर, लिङ्देनले अर्को दिनको २ मिनेट समय पेश्की दिन आग्रह गरेका गर्नुभएको थियो । ‘हामी छिमेकी हौं, अर्को दिनको २ मिनेट पेश्की दिनपर्यो’ लिङ्देनले भने।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिदै हुनुहुन्छ । त्यसक्रममा हरेक दलका नेताहरु बोल्ने क्रम जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालप्रति व्यंग्य गर्दै पुरानो गाडी चलाउन ड्राइभर फर्किएपछि आफूले सत्ताबाट बाहिरिनुपरेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो व्यंग्य गर्नुभएको हो । उहाँले नयाँ गाडी दिँदादिँदै पनि ड्राइभर पुरानो गाडीमा फर्किएपछि आफू बाध्य भएर सरकारबाट छुट्नुपरेको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले धोका दिएपछि आफू सरकारबाट बाहिरिएको र यसमा इतिहासले मूल्यांकन गर्ने बताउनु भयो । उहाँले हाइड्रोजन गाडी दिँदैदिँदै प्रधानमन्त्री थोत्रको गाडीमा फर्किएको उहाँको तर्क थियो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘हामीले त लाइसेन्स प्राप्त ड्राइभरलाई गाडी चलाउन दिएका थियौँ । तर उहाँ स्टार्ट गर्न नपाउँदै पुरानै गाडी चलाउँछु भनेर झर्नुभयो । त्यसपछि हामी सरकारमा बसिरहन सकेनौँ । समर्थन फिर्ता लियौँ । तर उहाँले धोका दिनुभयो । यो मुलुकमा नैतिकता पनि हुन्छ भनेर हामीले देखायौँ । प्रधानमन्त्री दिइरहेको गाडी छोडेर भाग्नुभयो ।’

अध्यक्ष लिङदेनले राप्रपाले विश्वासको मत नदिने पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);