बाग्मतीसहित ४ प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

बाग्मतीसहित ४ प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं, ६ चैत्र । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले देशभर आँशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू(भागका केही स्थानहरूमा तथा तराई भू(भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);