काठमांडू, ५ चैत्र । कोशी प्रदेशमा जातीय समूहले प्रदर्शन गर्दा झडपहरु भएका छन् । आज आइतवार प्रदर्शनकारीहरुले कोशीको राजधानी विराटनगरको निषेधित घोषित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
आन्दोलनकारीलाई निषेधित क्षेत्रबाट हटाउन प्रहरीले अश्रु ग्याँस र हवाई फायर समेत गरेको छ । भीड नियन्त्रण गरी अशान्ति हुन नदिन हवाई फायर भएको प्रहरीले स्वीकारेको छ ।
प्रहरीले चार जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । झडपका क्रममा केही घाइते भएका छन् ।
प्रदेश १ लाई कोशी प्रदेश नामाकारण गरिएपछि जातीय समूहले विरोध गर्दै आएका छन् । उनीहरुले जातीय पहिचानसहितको नाम हुनुपर्ने माग राख्दै आएका छन् ।