‘पासपोर्ट दुरुपयोग रोक्न ई-पासपोर्ट’ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, १८ पुस।राहदानी विभागले पासपोर्ट दुरुपयोग रोक्न ई–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालेको छ ।

नक्कली नागरिकता बनाएर त्यसकै आधारमा पासपोर्ट बनाउने गरिएको गुनासो आउने गरेकाले दूरुपयोगको आशंकामा इ–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालिएको हो ।

खासगरी नेपाल बाहिरबाट आउने आबेदनमा दुरुपयोग वा गलत भएको आशंका हुने गरेको छ ।

एमआरपीबाट मात्रै दूरुपयोग रोक्न सम्भव नभएको विभागले जनाएको छ । विभिन्न १० मुलुक र राहदानी विभागमा लाइभ इनरोलमेन्ट आफैं उपस्थित भएर अनलाइनमा फर्म भर्ने चलाएको भए पनि त्यो उत्साहजनक उपयोगमा नआएको विभागका अधिकारीले बताए ।, आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);