‘जेभियर विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनी २०२३’ को आयोजना | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८३, बुधवार

‘जेभियर विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनी २०२३’ को आयोजना

काठमाडौं, २ चैत्र । जेभियर इन्टरनेशनल कलेजले विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनीको आयोजना गरको छ । काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजले बिहीवारदेखि ‘जेभियर विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनी २०२३’ को आयोजना गरेको हो ।

प्रदर्शनीमा २० वटा स्टलहरु रहेका र ति स्टलहरुमा अचारसँग सम्बन्धित, व्यापार, सिंचाई सम्बन्धी, खाना सम्बन्धी र पर्यटनसँग सम्बन्धित विभिन्न प्रदर्शनी रहेको आयोजकले जनाएको छ । सो प्रदर्शनी दिगो विकास लक्ष्यलाई कार्यान्वयन गर्ने सन्दर्भमा त्यसका उद्देश्यहरु कसरी प्राप्त गर्न सकिन्छ, दिगो विकास लक्ष्यको उद्देश्य प्राप्तिका लागि के–के आविष्कार गर्नुपर्ला भन्ने विषयहरु देखाउनका लागि प्रदर्शनीको आयोजना गरिएको विद्यार्थी समर रञ्जितले बताउनु भयो । त्यस्तै दिगो विकास लक्ष्यका उद्देश्यहरु पूरा गर्न विज्ञान, सूचना प्रविधि र व्यापारले कसरी सहयोग गर्छ भन्ने पनि प्रदर्शनीमा देखाइने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘दिगो विकासलाई कसरी कार्यान्वयन गर्न सकिन्छ, दिगो विकास लक्ष्यको उद्देश्यहरु कसरी प्राप्त गर्नसक्छौँ र त्यो प्राप्त गर्न हामीले के–के आविष्कार गर्नुपर्ला ? त्यसका लागि व्यापारले कसरी सहयोग गर्छ ? विज्ञानले कसरी सहयोग गर्छ ? र सूचना प्रविधिले कसरी सहयोग गर्छ ? त्यो कुराहरु देखाउनको लागि बनाएको यो कार्यक्रम हो ।’ प्रदर्शनी भोलि (शुक्रवार)सम्म चल्ने जनाइएको छ ।

 

Leave a Reply

ताजा समाचार