टुट्यो वर्षाको वैवाहिक सम्बन्ध | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

टुट्यो वर्षाको वैवाहिक सम्बन्ध

काठमाडौं । नायिका वर्षा शिवाकोटीको वैवाहिक सम्बन्ध टुटेको छ । अमेरिका बस्ने आशिष गेलालसँग १० महिना अघि विवाह गरेकी वर्षाको वैवाहिक सम्बन्धमा केहि महिना अघि देखी नै दरार आएको समाचारहरु आइरहेका थिए ।

वर्षाको इन्स्टाग्रामबाट विवाहको फोटो डिलिट भएपछि उनीहरुबीच खटपट भएको खुलेको थियो । सोमबार आशिषले अर्कै युवतीसँग विवाह गरेको तस्विर र भिडियो बाहिरिएसँगै यो कुराको पुष्टी भएको हो ।

केहि दिन अघि मात्र अर्की नायिका निशा अधिकारी र उनका पति क्रिकेटर सरद भेस्वाकर बीचको सम्बन्ध बारे समेत समाचारहरु बाहिरिएका थिए । निशाले आफु र छोराको सम्पतीको माग दाबी सहित अदालतमा निवेदन दिएपछि उनीहरुको सम्बन्धमा समेत चिसोपना रहेको खुलेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);