काठमाडौं, ३० फागुन । पछिल्लो समय देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव सामान्य रहेको छ । अहिले देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विभाग महाशाखाले जनाएको छ ।
दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा आंशिक बदली रहेको छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै तराईकाका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, वाग्मती र गण्डकी क्षेत्रका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ÷हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।