राष्ट्रपति भण्डारीले आजै शीतलनिवास छाड्ने | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

राष्ट्रपति भण्डारीले आजै शीतलनिवास छाड्ने

काठमाडौं, २८ फागुन । पाँच वर्षे कार्यकाल सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आजै शीतलनिवास छाड्ने भएकी छन् । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेलले शपथ खाने दिन आजै उनी शीतलनिवासबाट नीजि निवास सर्ने स्रोतले जनाएको छ ।

भण्डारी २०७४ साल फागुन २९ गते भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । नयाँ राष्ट्रपति पौडेलको शपथग्रहण तय भएको छ ।

बूढानीलकण्ठ नगरपालिका–२ मा रहेको भण्डारीको निजी निवासमा अहिले कन्स्ट्रक्सनको काम चलिरहेको छ । भण्डारीको सुरक्षाका लागि राखिने सैन्य दस्ताका लागि घर कम्पाउन्डमा बासस्थान बनाउने काम भइरहेको जनाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);