नौ सदस्यीय टोलीसहित सभामुख घिमिरे बहराइन जादै | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

नौ सदस्यीय टोलीसहित सभामुख घिमिरे बहराइन जादै

काठमाडौं, २६ फागुन । आज सभामुख देवराज घिमिरे बहराइन जाने भएका छन् । फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन घिमिरे बहराइन प्रस्थान गर्न लागेका हुन । सभामुखमा निर्वाचित भएपछि घिमिरेको पहिलो विदेश भ्रमण हो ।

नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालय जनाएका छ । घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ ।

सभामुखको प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा (एमाले) का राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी हुने जनाइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);