राष्ट्रपति पौडेलले राष्ट्र हितलाई सर्वोपरि राखेर काम गर्ने विश्लेषक रायमाझीको विश्वास | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

राष्ट्रपति पौडेलले राष्ट्र हितलाई सर्वोपरि राखेर काम गर्ने विश्लेषक रायमाझीको विश्वास

काठमाडौं, २६ फागुन । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिनुभएको छ । एक विज्ञप्ती प्रकाशित गर्दै रायमाझीले राष्ट्रपति पौडेलले देश र राष्ट्रको हितलाई सर्वोपरि राखेर काम गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले पदीय मर्यादाको ख्याल गर्ने विश्वास लिँदै लेखक रायमाझीले लेख्नुुभएको छ,‘भूराजनीतिक, अवस्थालाई मध्यनजर राखेर असंलग्न परराष्ट्र नीति , पञ्चशीलको, सिद्धान्तलाई अवलम्बन गर्दै सार्वभौमसत्तामाथि आँच पुग्नेकार्य नहोस् र पदीय मर्यादाको उहाँले राख्नुहोस भन्ने अपिल पनि गर्दछु साथै अलंकारिक राष्ट्रपति कसैका लागि अलंकारिक वस्तु मात्र नबनोस् भन्ने शुभेक्षा प्रकट गर्दछु।’

गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल बिहीबार निर्वाचित हुनुभएको हो । संघीय संसद्मा हिजो भएको निर्वाचनमा ३३ हजार ८ सय २ मतभारका साथ पौडेल राष्ट्रपति पदमा विजयी हुनुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);