इमरान खानलाई पक्राउ गर्ने मार्ग प्रशस्त, अदालतद्धारा गिरफ्तारी वारेन्ट रद्द गर्न अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

इमरान खानलाई पक्राउ गर्ने मार्ग प्रशस्त, अदालतद्धारा गिरफ्तारी वारेन्ट रद्द गर्न अस्वीकार

एजेन्सी, २३ फागुन । इस्लामावाद अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध तोशाखाना मुद्दामा जारी गरेको पक्राउ पुर्जी खारेज गर्न अस्वीकार गरेको छ । यो निर्णयसँगै अब उनको गिरफ्तारीको बाटो खुलेको छ ।

इस्लामावाद अदालतले गत हप्ता अदालतमा उपस्थित नभएको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । आइतबार प्रहरी उनलाई पक्राउ गर्न लाहोरको जमान पार्कमा पुगेको थियो । तर, त्यतिबेला इमरान बेपत्ता भएकाले प्रहरीले समात्न सकेन र रित्तै हात फर्कियो ।

यसअघि खानले आफूलाई आत्महत्या गर्ने डर लागेको बताएका थिए । पाकिस्तानी वेबसाइट एक्सप्रेस ट्रिब्यूनलाई उद्धृत गर्दै मिडिया रिपोर्टले इमरानले आफ्नो सुरक्षाका लागि पाकिस्तानका प्रधानन्यायाधीशलाई पत्र लेखेको बताएको छ। जसमा इमरानले अदालतमा उपस्थित हुँदा पर्याप्त सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरेका थिए ।

पाकिस्तानी समाचार वेबसाइट एक्सप्रेस ट्रिब्यूनको अनुसार इमरानले प्रधानन्यायाधीशलाई लेखेको पत्रमा भनेका छन्, ‘म धेरै गम्भीर मुद्दामा तपाईंको ध्यानाकर्षण गराउन चाहन्छु। मेरो विरुद्ध धेरै एफआईआर परेका छन्। मलाई धम्की आइरहेको छ । अहिले मलाई हत्याको मुद्धा लाग्ने डर छ ।’

आइतबार प्रहरी केही घण्टापछि फर्किएपछि इमरान बाहिर निस्के । खानले सरकार, प्रहरी, सेना र आईएसआईमाथि कडा शाब्दिक हमला गरे। तर, पाकिस्तानी मिडियाले इमरान पक्राउबाट बच्न नसक्ने बताएका छन् । उनलाई पक्राउ गर्न विशेष कमाण्डो फोर्स तयार छ ।

गिरफ्तारीबाट बच्न इमरान खानले लाहोरस्थित आफ्नो घर जमान पार्क बाहिर आफ्ना समर्थकहरूलाई भेला गराएका छन् । चार बाटो भएर जमन र उनका समर्थक चारैतिर लाठी र रड लिएर उपस्थित छन् । जसमा महिला पनि पर्छन् । त्यहाँ यी मानिसहरूलाई खाना र पानी उपलब्ध गराइन्छ।

इमरानले हालै जेल भरो आन्दोलन सुरु गरेका थिए । उनको पार्टीका धेरै नेता जेलमा छन् । विशेष कुरा के छ भने इमरान आफै जेल जानबाट जोगिइरहेका छन् । यसका लागि उनले सबै किसिमको तयारी सुरु गरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);