काठमाडौँ, २३ फागुन । नेपाल सरकार र मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाको प्रारम्भिक कार्य अगाडी बढेको छ ।
एमसीए–नेपालले आयोजना गर्ने विद्युत प्रसारण लाइनको टावरको जग निर्माण प्रयोजनको लागि धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्तिसम्बन्धी सूचना प्रकाशित गरेको हो ।
आयोजनाका लागि ३ जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिका र वडाहरूमा पर्ने जग्गाहरू प्राप्त गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६(१) अनुसार यो प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको हो ।