बाबुरामले गरे 'प्रचण्डलाई गिरफ्तार गर्न खोजिएको' आशंका | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

बाबुरामले गरे ‘प्रचण्डलाई गिरफ्तार गर्न खोजिएको’ आशंका

baburam bhattarai

काठमाडौं, फागुन २१ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई जेल हाल्न खोजिएको आशंका व्यक्त गरेका छन् । उनले बहालवाला प्रधानमन्त्रीलाई जेल हाल्न खोज्ने ? भनी प्रश्न समेत गरे ।

राजधानीमा जनयुद्धका सहिद तथा वेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व विषयक अन्तक्रियामा उनले भने, ‘तीन वर्ष अगाडि भनेको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने ?’

प्रचण्डलाई मुद्दा लगाउने भन्ने हो भने निहु खोजेको बुझिने बताए । यसलाई गम्भीर रुपमा लिनुपर्ने उनको भनाई थियो ।

बाबुरामले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हावी भएको जिकिर गरे ।

सर्वोच्च अदाललते तीन वर्ष अघि प्रचण्डविरुद्ध दायर एउटा रिटलाई दर्ता गर्न रोकेकोमा गत शुक्रवार आदेश जारी गरी दर्ता गर्न भनेपछि तरंग आएको छ । यसविरुद्ध माओवादी र पूर्वमाओवादी नेताहरुले मुख फोर्न थालेका छन् ।-File Photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);