यसरी भयो जङ्गबहादुर राणाको श्राद्ध | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

यसरी भयो जङ्गबहादुर राणाको श्राद्ध

काठमाडौं, २० फागुन । आज नेपालका प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको निधन भएको दिन । उनका दरसन्तानले जङ्गबहादुरको श्राद्ध गरेका छन् ।

वि.सं. १९३३ फागुन शुक्ल द्वाद्वशीको तिथिमा निधन भएका जङ्गबहादुरको कालमोचन घाटमा श्राद्ध गरिएको हो । जसमा मेघरजङ्ग राणा, प्रवेश प्रताप राणा, सन्तोष प्रताप राणा र रामप्रताप राणा कपाल मुण्डन गरेर सहभागी भएका थिए । त्यसबाहेक राणा परिवारका केही व्यक्तिहरु पनि सहभागी भएको श्राद्धमा सहभागी वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले उल्लेख गरे ।

नेपालमा सरकारी खर्चमा जङ्गबहादुरको मात्र श्राद्ध हुन्छ । श्राद्धमा गुठी संस्थानले स्वारी मालपुवा ७ धार्नी, पञ्चमेल मिठाई २ धार्नी, दही १५ कतहरा, चिनी ६ पाउ र गाईको दुध ५ मुठी उपलब्ध गराउँछ ।

श्राद्ध गर्ने ब्राम्हणहरुलाई भेटी पनि उपलब्ध हुन्छ ।-Photo Source: Dev Prakash Tripathi

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);