१४ वर्षपछि स्ववियू चुनावमा १९ विद्यार्थी संघ संगठन र समूह मैदानमा | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

१४ वर्षपछि स्ववियू चुनावमा १९ विद्यार्थी संघ संगठन र समूह मैदानमा

लक्ष्मी प्रसाद न्यौपाने  \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, फाल्गुन २०।  त्रिभुवन विश्वविद्यालयमा ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । तीमध्ये अधिकांशमा चुनावी चहलपहल चलेको छ । शुक्रबारबाट निर्वाचन प्रक्रिया सुरु भएलगत्तै १९ विद्यार्थी संघ संगठनहरुले आफ्नो संगठनहरु दर्ता गरेका छन् । योसँगै उनीहरु उम्मेदवार चयनमा सक्रिय भइसकेका छन् । केहीले अगाडि नै उम्मेदवार तय गरिसकेका छन् । स्ववियु निर्वाचन मिश्रित निर्वाचन प्रणालीमा हुनेछ । पदाधिकारीमध्ये सभापति, सचिव र कोषाध्यक्ष र ६० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । अन्य पदमा समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् । समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेका लागि निर्धारण गरिएको छ । यो निर्वाचन विधुतिय भोटिङ मेसिनबाट हुनेछ ।

निर्वाचनका लागि दर्ता गर्ने संघहरुमा नेपाली काँग्रेसनिकट नेविसंघ, नेकपा एमालेनिकट अनेरास्ववियू, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अलावा कुनैपनि दलनिकट नरही स्वतन्त्र गतिविधि गर्दै आएको प्राज्ञिक विद्यार्थी परिषद् नेपाललगायत छन् ।
त्रिवि विद्यार्थीहरुको धारणा

चुनावमा विद्यार्थीको उत्साह त छँदैछ झडपका घटना पनि हुनथालिसकेका छन् । विगतमा भएका चुनावहरुमा विश्वविद्यालय र क्याम्पस जस्तो प्राज्ञिक क्षेत्रमा अस्वस्थ राजनीतिक गतिविधि र हिंसात्मक घटनाबाट पाठ सिक्नेभन्दा त्यस्तै सिको गर्न थाल्नुले राजनीतिलाई प्रदूषित गराउन सक्छ । विश्वविद्यालय र क्याम्पसको प्राज्ञिक गरिमा कायम गरेर लोकतान्त्रिक प्रक्रियाको अभ्यास गर्नु विद्यार्थीको मुख्य कर्तव्य हुन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);