उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ दोहा जाँदै | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ दोहा जाँदै

काठमाडौं, १९ फागुन । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज कतारको राजधानी दोहा जाँदैछन् । अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको टोली आज साँझ दोहा प्रस्थान गर्न लागेका हुन् ।

श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, उपप्रधानमन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, सांसद जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूत लगायत छन् ।

श्रेष्ठले फागुन २१ गतेदेखि २५ गतेसम्म दोहामा आयोजना हुने सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नेछन् । मन्त्री श्रेष्ठ फागुन २३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

सो सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भनिएकोमा २५ गते हुने राष्ट्रपति निर्वाचन लगायतका कारण प्रचण्डले भ्रमण रद्द गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);