अमेरिकाले औल्यायो नेपाल अन्तर्राष्ट्रिय आतंकवादीको 'ट्रान्जिट प्वाइन्ट' हुनसक्ने खतरा | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

अमेरिकाले औल्यायो नेपाल अन्तर्राष्ट्रिय आतंकवादीको ‘ट्रान्जिट प्वाइन्ट’ हुनसक्ने खतरा

काठमाडौं, १८ फागुन । अमेरिकाले नेपाल अन्तर्राष्ट्रिय आतंकवादीको ट्रान्जिट प्वाइन्ट हुनसक्ने खतरा औल्याएको छ । उसले भारतसँगको खुल्ला सीमा र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा कमजोरीका कारण आतंकवादीको ट्रान्जिट प्वाइन्ट बन्ने सक्ने खतरा औल्याएको हो ।

अमेरिकी विदेश मन्त्रालय अन्र्तगतको ब्यूरो अफ काउन्टर टेररिजमले सन् २०२१ को विश्वभरको आतकवादसम्बन्धी प्रतिवेदनमा नेपालले आफै आतंकवादको सामना गर्नु नपरेपनि ट्रन्जिट प्वाइन्ट बन्न सक्ने उल्लेख गरेको छ ।

रिपोर्टको पृष्ठ १७९ र १८० मा नेपाल बारे उल्लेख गर्दै सीमाका कतिपय नाकामा आवश्यक चेकजाँच नभएको र कतिपय ठाउँमा एकजना मात्र कर्मचारी हुने गरेको भनिएको छ । रिपोर्टमा लेखिएको छ, ‘भारतसँगको खुल्ला सीमा र अन्तर्राष्ट्रिय विमानस्थलमा पर्याप्त सुरक्षा प्रोटोकलहरु नहुँदा नेपाल अन्तर्राष्ट्रिय आतंकवादीको ट्रान्जिट प्वाइन्ट बन्न सक्छ ।’

अमेरिकाले नेपालमा सन् २०२१ मा कुनैपनि आतंकवादी गतिविधि नभएको भन्दै नेपालले जानी जानी कुनैपनि अन्तर्राष्ट्रिय आतंकवादी समूहलाई सहयोग नगरेको स्पष्ट पारेको छ । प्रतिवेदनमा भनिएको छ, ‘नेपालले जानी जानी कुनैपनि अन्तर्राष्ट्रिय आंतकवादी समूहलाई राजनीतिक, कूटनैतिक र आर्थिक सहयोग नदिएको र उनीहरुलाई सुरक्षित भूमि बन्न अनुमति दिएको छैन ।’

नेपालको विमानस्थलको सुरक्षा कमजोर भनिएको छ । यात्रुको प्रिस्क्रिन नगर्ने, अवतरण डाटा कुनै डाटावेसमा नभएको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीविरुद्ध विरोध र हिंसाको धम्की सम्म भएको, एमसीसीको वकालत गर्ने जोकोहीलाई युट्युबबाट भिडियो धम्की आएको भनिएको छ । प्रतिवेदनमा यसका बाबजुद नेपालको सुरक्षा निकाय र एमसीसी पक्षधरले कुनै घटना विना नै यसलाई सम्बोधन गरेकोमा खुशी व्यक्त गरिएको छ ।

नेपालबारे प्रतिवेदनमा भारत र मध्यपूर्वको विषय उल्लेख नगरेपनि चीनबारे केही उल्लेख गरिएको छ । पछिल्लो समय नेपालमा चिनियाँ गतिविधि बढिरहेको छ । मध्यपूर्वका देशहरुको गतिविधि पनि उत्तिकै बढ्दो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);