प्रदेशले थप ६ दिन सार्वजनिक बिदा दिन पाउने | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

प्रदेशले थप ६ दिन सार्वजनिक बिदा दिन पाउने

काठमाडौं, १८ फागुन । प्रदेश सरकारले संघले तोकेको भन्दा थप ६ दिन सार्वजनिक विदा दिन पाउने भएका छन् । केन्द्रीय सरकारले विदासम्बन्धी व्यवस्थामा सार्वजनिक विदाका अतिरिक्त भन्दै प्रदेशलाई यस्तो सुविधा थपेको हो ।

प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशको धर्म, संस्कृति र रीतिस्थितिसमेतलाई दृष्टिगत गरी घोषणा गरेका बढीमा वर्षको ६ दिनसम्मको सार्वजनिक बिदा गर्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रदेश सरकारले हरेक वर्ष सुरु हुनुभन्दा पहिले राजपत्रमा सूचना प्रकाशित गरेर बिदा घोषणा गर्ने र त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयहरुले गृह मन्त्रालयमा खबर गर्नुपर्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);