काठमाडौं, १७ फागुन । म्यानपावर व्यवसायी र सामाजिक अभियान्ताबीच मंगलबार कुटाकुट भएको छ । वैदेशिक रोजगार विभागमा दुई पक्षबीच झडप हुँदा सामाजिक अभियान्ता तारा बरालसहित केही व्यक्ति घाइते भएका हुन् ।
झडपपछि प्रहरीले बरालसहित ५ जनालाई नियन्त्रणमा लिएको थियो भने प्रहरी नियन्त्रणमा रहेकी बरालको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ । वैदेशिक रोजगारीमा ठगिएका पक्षमा नाराबाजी गर्दै विभागमा पुगेका बराललगायतको समूहलाई मेनवपावर व्यववसायीहरुले कुटपिट गरेका हुन् । संयौंको संख्यामा अभियान्ताहरु विभागमा पुगेका थिए ।
बाबा म्यानपावरले कम्बोडियो पठाउने भनेर केही व्यक्तिहरुलाई ठगी गरेको आरोप उनीहरुले लगाएका छन् । म्यानपावर व्यवसायीले पैसा फिर्ता दिने सहमति भएको तीन महिनासम्म पनि पैसा फिर्ता नदिएपछि पीडितहरु विभागमा पुगेका थिए । सोही क्रममा म्यानपावर व्यवसायीहरुले युट्बरमाथि कुटपिट गरेका थिए ।