प्रचण्डबाट धोका पाएको एमालेले अब के गर्ला ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८२, बुधवार

प्रचण्डबाट धोका पाएको एमालेले अब के गर्ला ( भिडियो रिपोर्ट )

काठमाडौँ फाल्गुन १६  \ माउन्टेन टेलिभिजन एचडी। जेठको पहिलो साता पुनः प्रतिनिधिसभा विघटन भएपछि गठबन्धन बनाएका चुनावसम्म मोर्चाबन्दी गरेका गरेका थिए । ५ दलीय गठबन्धनले एमालेविरुद्ध तीनै तहको चुनावमा मोर्चाबन्दी गरेर प्रतिस्पर्धा गरेको थियो। स्थानीय तह चुनावमा दोस्रो स्थानमा खुम्चिएको एमालेले प्रतिनिधिसभा चुनावमा भने समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएको थियो । मंसिरमा भएको आमनिर्वाचनपछि पाँच दलभित्र प्रधानमन्त्री को हुने भन्ने विषयमा खटपट भएपछि एमाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउँदै पुनः सत्तामा फर्किएको थियो ।

राष्ट्रपतिले संविधानको धारा ७६ (२)अनुसार दुई वा दुई भन्दा बढी दलका समर्थन प्राप्त गरेको व्यक्तिलाई प्रधानमन्त्री दाबी गर्ने समय सकिने केही समयअघि नै एमाले र माओवादी केन्द्रसहितका सात राजनीतिक दलका नयाँ गठबन्धन बनेको थियो । पुस १० मा बनेको गठबन्धन अनुसार प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बन्नुभयो भने प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभयो । सात प्रदेशमध्ये चार प्रदेशको नेतृत्व र प्रदेशसभाका २ सभामुख पनि एमालेका भागमा प¥यो , तर सत्तारुढ गठबन्धनभित्र दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिन सुदूरपश्चिम प्रदेशमा सरकार ढल्यो। बाँकी रहेको ३ वटा प्रदेश १, गण्डकी र लुम्बिनीमा एमालेका मुख्यमन्त्रीहरुको पद पनि धरापमा परेको छ।

प्रदेश १ मा हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी र लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री रहेका छन् । अब एमाले नेतृत्वका तीनवटा सरकार पनि ढल्ने अवस्था पुगेका छन् । त्यस्तै अन्य प्रदेशमा पनि अब एमाले सरकारबाट बाहिरिने अवस्था पुगेको छ । राष्ट्रपति निर्वाचनसहितको विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले बालुवाटार र बालकोटमा पटक–पटक वार्ता भएपनि उहाँहरुबीच सहमत हुन सकेनन् । त्यसैले नयाँ गठबन्धन बन्यो । एमालेका नेताहरुको प्रधानमन्त्री प्रचण्डले विदेशी शक्तिको दबाब थेग्न नसकेका गठबन्धन परिवर्तन गरेको बुझाइ छ।

एमाले अध्यक्ष ओलीले यो विषय शनिबारको सचिवलाय बैठकमा समेत व्यक्त गर्नुभएको थियो । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा माओवादीसहित ८ राजनीतिक दलले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउने निर्णय गरेका थिए । शुक्रबार निर्णय भए पनि एमाले सरकारको विषयमा पर्ख र हेरको रणनीतिमा रहेको थियो । तर आइतबार संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को बैठकमा सहभागी हुन जेनेभा जान लाग्नुभएकी परराष्ट्रमन्त्री विमला राई पौड्यलको भ्रमण अन्तिम समयमा आएर प्रधानमन्त्री प्रचण्डले रोकिदिनुभयो । जसले फागुन २५ गतेको नतिजापछि मात्रै सरकारबारे निर्णय गर्ने बताएको एमालेले तत्काल सत्ता छाड्नु पर्ने बाध्यात्मक अवस्थामा सिर्जना ग¥यो । अन्ततः एमाले पुनः प्रमुख प्रतिपक्षको कित्तामा उभिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);