खानपानबाट ग्यास्ट्रिक नीको पार्ने उपाय | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

खानपानबाट ग्यास्ट्रिक नीको पार्ने उपाय

ईमाउण्टेन । जीवनशैली र दैनिक खानपानले मानिसको स्वास्थ्यमा ठूलो भुमिका निर्वाह गरेको हुन्छ । हरेक दिन हामीले खाने खानासँग थुपै्र ब्याक्टेरीयाहरु मिसिएका हुन्छन् । हाम्रो पेटमा (आमाशय) हाइड्रोक्लोरिक एसिड (अम्ल) उत्पादन हुन्छ । यो तत्वले खाएको खानेकुरा टुक्रा–टुक्रा पारेर पचाउने र ब्याक्टेरियालाई मार्ने काम गर्छ । यदि पेटमा यस्तो अम्ल धेरै उत्पादन भएमा जलन हुन्छ । जसलाई ग्यास्ट्रिक (ग्यास्ट्राइटिस) भनिन्छ ।

ग्यास्ट्रिक हुँदा पेट पोल्ने, ढ्याउ–ढ्याउ आउनेदेखी लिएर बढ्दैँ गएमा अल्सरसम्म हुन्छ । अल्सर बिग्रिँदै गएर रगत नै वान्ता हुनेसम्म हुन्छ । मानसिक तनाव धेरै हुनुको साथै चिया, कफी, चुरोट र रक्सीले पनि त्यस्तो एसिड उत्पादन बढाउँछ ।

ग्यास्ट्रिक हुने कारण धेरै छन् । अस्वस्थकर खानपान र खराब जीवनशैलीका कारण अधिकांशमा ग्यास्ट्रिक हुने गरेको पाइन्छ । नियमित खानपान नहुनु, अत्याधिक चिल्लो, पिरो, अमिलो, मसलेदार खाना खानु, लामो समयसम्म पेट खाली राख्नाले ग्यास्ट्रिक उत्पन्न हुन्छ । मद्यपान, धूम्रपान र सुर्तीजन्य पर्दाथले पनि ग्यास्ट्रिक बढाँउछ ।
ग्यास्ट्रिक दुई किसिमको हुन्छ ।

  • एक्यूड ग्यास्ट्रिक (तत्कालै हुने र निको हुने)ः यस्तो ग्यास्ट्रिक अपच हुने खानाको कारणले तव्कालै हुन्छ । यस्तो ग्यास्ट्रिक सामान्य औषधी खाएर वा सामान्य जीवनशैलीले निको हुन्छ ।
  • क्रोनिक ग्यास्ट्रिक (लामो समयदेखी भएको ग्यास्ट्रिक)ः विभिन्न रसायन र किटाणुका कारण यस ग्यास्ट्रिक हुन्छ । यसमा रोगको तह र कारण अनुसार फरक फरक औषधी लामो समय सेवन गर्नु पर्छ ।
    ग्यास्ट्रिकको लक्षणः
  • मुखबाट अमिलो पानी आउने ।
  • खाना खाएपछि अप्ठ््यारो हुने ।
  •  खाना अपच हुने ।
  •  वान्ता हुने ।
  • माथिल्लो पेटमा असजिलो महसुस हुने ।
  •  ढ्याउ ढ्याउ हुने ।
  •  ग्यास्ट्रिक बढेर अल्सर भएको भए राती अत्यधिक मात्रामा पेट दुख्छ ।
  •  कब्जियत हुने ।
    के खाने के नखानेः
  •  सन्तुलित भोजन खाने
  • ठीक समयमा खाने
  •  कम्तीमा दिनको चारपटक खाने
  •  बढी नून, अजिनोमोटो भएको, पोलेको खानेकुरा नखाने
  • बासी, ढुसी परेको खानेकुरा नखाने
  •  खाना खानेबिक्तिकै नसुत्ने
  •  रक्सी, चुरोटको सेवन नगर्ने
  • प्रशस्त मात्रामा हरियो सागसब्जी र फलफूल खाने
    ग्यास्ट्रिकको प्रकृति हेरेर उपचार गनुपर्छ । जचाएर कुन किसिमको ग्यास्ट्रिक हो भन्ने पत्ता लगाउनुपर्छ । सामान्य रुपमा सन्तुलित आहारबिहार र व्याम गरेर निको हुन सक्छ । यदि अल्सर भएको छ भने त्यसको उपचार अलि फरक ढंगले गर्नुपर्छ । ‘एचपाइरल’ भन्ने जीवाणु छ भने त्यो पेटको क्यान्सरसँग पनि जोडिएको हुन्छ । यसको निदान दीर्घकालीन तरिकाले गर्नुपर्छ । इन्डोस्कोपी गरेर अल्सरमा भएको घाउ उपचार गर्नुपर्छ । औषधीले पनि ग्यास्ट्रिक निको नभए शल्यक्रिया नै गर्नुपर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);