संविधानको संरक्षण र राष्ट्रियताको संवद्र्धन गर्ने अभिभाराका लागि म सचेत छुः रामचन्द्र पौडेल | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

संविधानको संरक्षण र राष्ट्रियताको संवद्र्धन गर्ने अभिभाराका लागि म सचेत छुः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण र राष्ट्रियताको संवद्र्धन गर्ने अभिभाराका लागि आफू सचेत रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै उहाँले संविधानको संरक्षण, राष्ट्रियताको संवद्र्धन र जनताको उन्नतिको रेखदेख गर्ने अभिभारा जिम्मेवारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सबै मिलेर राष्ट्र र संविधानको रक्षा गर्नुपर्ने र राजनीतिक प्रणालीमाथि भइरहेको खेलवाडप्रति सबै सजग हुनुपर्ने उहाँको भनाइ छ ।

यसैबीच काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ । पार्टीले वरिष्ठ नेता पौडेललाई सर्वसम्मतीले स्वीकार गरेको भन्दै उहाँले राष्ट्रपतिमा आफ्नो चर्चा हुनु स्वभाविक रहेको पनि बताउनु भयो ।

८ दलका साझा नेता पोडेल राष्ट्रपति हुनेमा कुनै शंका नरहेको उहाँको भनाइ छ ।

Leave a Reply

ताजा समाचार