काठमाडौँ, १२ फागुन । हिमालयन बैंक लिमिटेड ३४ अर्ब चुक्ता पूँजीसहित निक्षेपको हिसाबले वाणिज्य बैंकहरुमा सातौं स्थानमा पुगेको छ । सिभिल बैंक लिमिटेडलाई प्राप्ति (एक्वायर) गर्दै हिमालयन बैंक ठुलो बैंकको सूचीमा पर्न सफल भएको हो ।
हिमालयन बैंक र सिभिल बैंकले आज (शुक्रबार) देखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई बैंकको मर्जरपछि“हिमालयन बैंक लिमिटेड”नामबाट आजदेखि कारोबार सुरु भएको हो । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात बैंकको अधिकृत पूँजी २६ अर्ब, चुक्ता तथा जारी पुँजी २१.६५ अर्ब, कूल पूजी ३४ अर्ब र कुल सम्पत्ति ३३४ अर्ब रहने छ । त्यस्तै, बैंकको कुल निक्षेप संकलन २७४ अर्ब र कुल कजाए २५० अर्ब रहने जनाइएको छ । मर्जर पश्चात बैंकको साखा सञ्जाल संख्या १८९ पुगेको छ ।
दुई बैंकलाई गत पुस २८ गते बसेको विशेष साधारण सभाले मर्जरमा जान स्वीकृत गरेको थियो । मर्जरपश्चात बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका अशोक राणा बन्नेछन् भने सिभिल बैंकका सुनिल पोखरेल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले प्राप्ति बैंकलाई थप उत्कृष्टताका साथ समृद्धिको बाटोमा सँगै अगाडी बढ्नका लागि भएको बताए ।