प्रचण्ड–ओली द्वन्द्व छताछुल्ल | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

प्रचण्ड–ओली द्वन्द्व छताछुल्ल

काठमाडौं– नेपालमा सत्ता गठबन्धन भत्कनै लाग्दा नेपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारको खुलेरै आलोचना गरेका छन् ।

सार्वजनिक बिदा नै दिएर सरकारले जनयुद्ध दिवस मनाएकोमा ओलीले आपत्ती जनाएका हुन् ।

बिहिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारले हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाएर क्लालेन्डरमै बिदा घोषणा गर्नुलाई दुःखद् निर्णय भने । ‘अहिलेकै सरकारले हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय ग¥यो,’ ओलीले भने ।

हिंसा छाडेर आइसक्दापनि माओवादीमा त्यसकै धङधङी रहेको भन्दै ओलीले माओवादीको खरो आलोचना गरे । माघ १८ गते माओवादी सशस्त्र गतिविधि सुरु भएको दिनलाई प्रचण्ड नेतृत्वको सरकारले क्यालेन्डरमै बिदा दिने गरी जनयुद्ध दिवस उल्लेख गर्ने निर्णय गरेको थियो ।

पछिल्लो समय राष्ट्रपतिको विषयले ओलीको प्रचण्डसँग विवाद बढ्दै गएको छ । आजको अभिव्यक्तिले ओली र प्रचण्डबीचको विवाद छताछुल्ल भएको छ ।

सत्ता गठबन्धन राष्ट्रपतिकै विषयमा अलग हुने लगभग निश्चित भइसक्दा ओली प्रचण्डप्रति आक्रामक देखिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);