राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्नु हुदैन्ः शक्ति बस्नेत | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्नु हुदैन्ः शक्ति बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद शक्ति बस्नेतले राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्नु नहुने बताउनुभएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव बस्नेतले राष्ट्रपतिको सन्दर्भमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनु भयो । उहाँले राजनीतिक दलभन्दा बाहिर गएर भने सहमति खोज्नु नहुने बताउनु भयो ।

पुस १० गते सरकार बन्दाको अवस्था र आजको अवस्थामा फेरबदल आइसकेको भन्दै उहाँले बदलिँदो परिस्थितिले सहमतिको माग गरेको बताउनु भयो । देशमा देखिएका चुनौतिहरुको समाधानका लागि पनि राष्ट्रिय सहमति आवश्यक रहेको उहाँको भनाई छ ।

उहाँले राष्ट्रिय सहमतिको आवश्यकताको सबैले बोध गरेमा सम्भव हुने बताउनु भयो । राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जुट्न नसकेमा अधिकतम सहमतिको बाटोमा जाने उहाँले उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);