राष्ट्रपति निर्वाचन : मतदाताको नामावली सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

राष्ट्रपति निर्वाचन : मतदाताको नामावली सार्वजनिक

nirbachan ayog new

काठमाडौं, १० फागुन । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्र निर्वाचन कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो ।

राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । मनोनयन दर्ता १३ गते तोकिएको छ । आयोगले संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश गरेको छ । निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् ।

मतदाताको नामावलीको दाबी विरोधको उजुरी आजै राखिएको छ । अन्तिम नामावली भने फागुन १२ गते ४ बजे प्रकाशन हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);