काठमाडौं, १० फागुन । प्रहरी नायब महानिरीक्षक (डिआईजी) अशोक सिंहले राजीनामा दिने भएका छन् । नयाँ आईजीपीको प्रमुख दाबेदार सिंहले आजै प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाउने तयारी गरेको स्रोतले जनाएको छ ।
सिंहसँगै डिआईजीहरु वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा मुख्य प्रतिस्पर्धी थिए । सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेट्टिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको थियो ।
जन्ममिति विवाद सार्वजनिक भएसँगै सिंहले राजीनामा दिन लागेको बताइएको छ ।