निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा निर्वाचनको तयारी सुरु | ईमाउण्टेन समाचार

Our Network

पुष १६ २०८१, मंगलबार

काठमाडाैं, १४ पुस । राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको तयारी सुरु गरेको छ ।

निर्वाचन आयोगले राष्ट्रपति विद्या भण्डारीले अध्यादेश जारी गरेलगत्तै राष्ट्रिय सभा निर्वाचनको तयारी सुरु गरिएको जानकारी गराएको हो ।

आयोगका सहसचिव दिनेशकुमार घिमिरेले राष्ट्रिय सभा निर्वाचनको तयारीका लागि आन्तरिक छलफल सुरु भईसकेको बताए ।

उनले अध्यादेश जारी भएको जानकारी आयोगमा आउने वित्तिकै निर्वाचन तयारी विधिसम्मत ढंगले अघि बढने स्पष्ट पारे । निर्वाचन आयोगले कानुन बमोजिम छोटो समय भित्रै सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गर्ने जनाएको छ ।

आईतबार सम्ममा निर्वाचनसम्बन्धि राष्ट्रपतिले जारी गरेको अध्यादेशबारे सरकारले औपचारिक जानकारी गराएपछि राष्ट्रिय सभा निर्वाचनको तयारी अघि बढाउने आयोगको योजना छ ।

कानुनको अभावमा निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन प्रक्रिया समेत अघि बढाउन सकेको थिएन । शुक्रबार राष्ट्रपति विद्या भण्डारीले अध्यादेश जारी गरेपछि राष्ट्रिय सभा निर्वाचनको प्रक्रिया अघि बढाउने बाटो खुलेको हो । ५९ सदस्यीय राष्ट्रिय सभा गठन भएपछि मात्रै संघीय संसदले पूर्णता पाउनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);