काठमाडौं, १० फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीसहितको टोली आज स्वीटजरल्याण्ड प्रस्थान गरेको छ ।
बिरामीको सुरक्षा सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी टोली गएराति स्वीटजरल्याण्ड प्रस्थान गरेको हो ।
स्वीटजरल्याण्डको मोन्ट्रक्समा फागुन ११ र १२ गते कार्यशाला आयोजना हुँदैछ ।