दाँत दुखाइको कारण र घरेलु उपचार | ईमाउण्टेन समाचार

Our Network

साउन २८ २०८१, सोमबार

दाँत दुखाइको कारण र घरेलु उपचार

teeth

माउण्टेन समाचार, ९ फागुन । शरीरको बलियो अंगमध्ये दाँत पनि एक हो । तर यति बलियो दाँतलाई पनि किटाणुले उत्पादन गरेको एसिडले बिगार्दै लैजान्छ । दाँत दुख्ने समस्या सबैका लागि धरै पिडादायी हुन्छ । उचित ध्यान नराख्नाले दाँत दुख्ने समस्या आउँछ ।

दाँतमा लाग्ने रोग दुई प्रकारको हुन्छ । एउटा दाँतमा किरा लाग्ने हो भने अर्को गिजामा समस्या आउने हो ।

मुखमा सात सय किसिमका व्याक्टेरिया हुने गर्छ, जसको संख्या करोडौँको हाराहारीमा हुने गर्छ । यही व्याक्टेरियाले दाँत तथा मुखको समस्याबाट बचाँउने गर्छ । यदि मुख, दाँत तथा जिब्रोको सफाई सही तरीकाले नभएको अवस्थामा उक्त व्याक्टेरियाले दाँत तथा गिजालाई हानी पु¥याउने गर्दछ ।

विशेषगरी, पायरिया भएमा दाँतलाई सर्पोट गर्ने गिजाको हड्डीमा समस्या उत्पन्न हुने गर्छ । पायरिया भएमा गिजा सुन्निने, पहेंलो हुने, खुन निस्किने, स्वास गनाउने, दाँत कमजोर भई हल्लिने र दुई दाँतको बीच ग्याप रहने जस्ता लक्षण देखा पर्छन् ।

पायरिया कैल्सियमको कमी, गिजाको खराबी तथा दाँत तथा मुखको खराबीको कारण हुने गर्छ । गिजामा भएको संक्रमणका कारण मुखको बिकार पेटमा पुगेर रक्तसञ्चारको माध्यमबाट मुटु, मस्तिष्क, कलेजो, किड्नी र फोक्सोमा पनि संक्रमण गराउँछ ।

खाना राम्रोसँग नचपाउदा दाँतको वरिपरि टाँसिन्छ । दाँतमा जम्मा भएका खानेकुरा मुखमा भएका हजारौँ किटाणुका कारण एसिड बन्छ । मुखमा रहेको किटाणुले बनाउने एसिडले बिस्तारै दाँत बिगार्दै लैजान्छ । त्यसैलाई दाँत किराले खाएको भनिन्छ । तर दाँतमा किरा नै निस्किने भन्ने चाँही हुदैँन ।

दाँतमा किरा लाग्ने भनेको एसिडले असर गर्नु हो । स्वस्थ दाँतको माथिको भागमा रहेको शरीरको सबैभन्दा बलियो भाग हो । इनामेलको पछि पहेलो भाग रहेको हुन्छ जसलाई डेन्टिन भनिन्छ । डेन्टिनको मूनि पल्फ चेम्बर भन्ने तत्व हुन्छ । बिस्तारै दाँतमा किरा लाग्न थाल्छ, यसले इनामेललाई असर गर्छ ।

के गर्नेः
– दिनमा दुईपटक नियमित बिहान र राती खाना खाइसकेछि नरम ब्रसले दुई मिनेट ब्रस गर्ने ।
– भिटामिन सी, डी र क्याल्सियमयुक्त खाना खाने । जस्तै गाँजर, हरियो सागपात, पालुंगो, मेथीको साग, प्याज, मुला, अमला, केरा, अंगुर आदि खाने । दाँतलाई बलियो बनाउन बेलाबेलामा मकै, भटमास, छुर्पी, मटर आदि खानु पर्छ ।
– पायरियाको उपचारका क्रममा बिरामीले मसलारहित उसिनेको सागपात मात्र खाने ।
– प्रशस्त मात्रामा पानी पिउने ।

के नगर्नेः
– पायरियाबाट पीडित बिरामीले कहिल्यै पनि चिनी मिठाई, चकलेटजस्ता खाद्यपदार्थ प्रयोग गर्नु हुँदैन ।
– धूमपान, खैनी, गुट्खा र पानजस्ता चिज नखाने । यसले पायरियालाई बढाउँछ ।
– मरलेदार खानपान, दुधबाट बनेका उत्पादन, जंकफुड र चिसो वा तातो चिजको सेवन नगर्ने ।
– चिकित्सकको सल्लाहबमोजिम माउथवास तथा डिसेन्सिटाइजिङ पेस्टहरु प्रयोग गनृ सकिन्छ ।

घरेलु उपचारः
– ल्वाङको तेलमा कपास भिजाएर किरा लागेको दाँतमा राख्नाले दुखाई कम हुन्छ । दात दुख्ने व्यक्तिले दिनमा चार पटक ल्वाङ मुखमा राखेर चुस्दा फाइदा हुन्छ ।
– लसुनमा हुने एलिसिन नामक तत्वले दाँतको पीडा निको पार्छ । दाँत दुखेको ठाँउमा लसुनको पेस्ट लगाउँदा दुखाई कम गर्छ ।
– बेसारमा हुने एन्टिब्याक्टेरियल तत्वले दुखाई कम गर्छ । आधा चम्चा बेसारमा केही थोपा पानी मिसाएर दाँत दुखेको ठाउँमा लगाउँदा दुखाई कम हृन्छ ।
– तुलसीको पात, अदुवा, हिङ, पुदिनाको पात, त्रिफला, अशोक वृक्षको बोक्रा चपाउदा वा खादा दात दुख्न कम हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);